फरार देवकुमार ६ महिनापछि फेसबुकमा झुल्किदै भने– ‘दबाबपछि बाहिर बस्न बाध्य भए’
बाग्लुङ | मंसिर ५, २०८०
पोखरा: बागलुङको ढोरपाटन नगरपालिका नगरप्रमुख एवम् इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि फेसबुक मार्फत सम्पर्कमा आएका छन् ।
सहकारीका संस्थापक अध्यक्ष नेपालीले सार्वजनिक गरेको वक्तव्यमा आफुसँगै परिवारको सुरक्षा नभएका कारण बाहिर बस्न बाध्य भएको उल्लेख गरेका छन् ।
‘सहकारी समस्यामा परेपछि बचत रकम फिर्ता गर्ने समय ६ महिना राखिएको थियो’, अध्यक्ष नेपालीले भनेका छन्, ‘केही बचतकर्ता हतियारसहित घरमा आएर म लगायत मेरो परिवारको ज्यान लिने धम्कीसहित ६ लाखको बचत भएका बचतकर्ताले ५ करोडको जग्गा पास गर्न दबाबदिएपछि केही समय बाहिर बस्न बाध्य भएको हुँ ।’

उनले ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सहकारीमा समय दिन नसक्दा बचतकताएले एकैचोटि बचतरकम फिर्ता माग्दा समस्या भएको दाबी गरेका छन् ।
सहकारीका अध्यक्ष नेपालीले संस्थाका केही कर्मचारीहरुले मनोमानी रुपमा कर्जा लगानी गरेर आफुमाथि दोष लगाएको आरोपसमेत लगाएका छन् ।
उनले सहकारी समस्यामा परेको केही दिनमा ६ महिनाभित्र आफ्नो सम्पत्ती बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएको अवगत गराएपनि ६ महिनापछि मात्र सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका हुन् ।
संस्थापक अध्यक्ष नेपालीले श्रीमतिसहित आफ्नो नाममा रहेको बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेको ४५ कित्ता मध्य बुर्तिबाङमा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरामा ३ वटा घर र काठमाडौंमा ६ वटा गरेर १८ वटा घर र ४४ वटा कित्ताहरुमा जग्गा भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
उनले सबै सम्पत्ती सहकारीबाट जोडेको भनेर नसोच्न समेत आग्रह गरेका छन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

